१५ प्रतिशत लाभांश पारितका लागि एनएमबि बैंकले बोलायो साधारण सभा

१४ मंसिर २०७८, मंगलवार १२:०६

काठमाडौं । एनएमबि बैंकले २६ औं वार्षिक साधारण सभा पुस २२ गते बोलाएको छ । मंसिर १३ गते बसेको बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण लगायतका वार्षिक वित्तीय विवरण पारित गर्ने छ भने चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निर्देशन दिएमा सोही बमोजिक गर्न सञ्चाल समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*