महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१४ मंसिर २०७८, मंगलवार १७:१७

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश करण प्रयोजनको लागि गरेर कुल ५० प्रतिशत शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा मंसिर २२ गते हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*