कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा शुभारम्भ

१४ मंसिर २०७८, मंगलवार १७:२१

काठमाडौं । कामना सेवा विकास बैक लिमिटेडले क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा स्थापना गरेको छ । बैंकले रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका वडा न ६ पुष्पालालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नैं क्षेत्रीय कार्यालय बिस्तार गरेको हो ।

उक्त कार्यालयको बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले क्षेत्रीय कार्यालय र पुनर्निर्मित बुटवल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन । आफ्ना ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै शाखा कार्यालयद्धारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हितले हाल सञ्चालित कार्यालयको पुनर्निर्मिण गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*