सेन्चुरी बैंकमा भएको करोडौं घोटाला काण्डको छानविन गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर

टोप बहादुर सोती (मनिष)
१५ मंसिर २०७८, बुधबार १०:३७

काठमाडौं । सेन्चुरी बैंकमा भएको करोडौं घोटालाका मतियारहरुलाई काण्डमा नेपाल राष्ट्रकै उच्च अधिकारीबाट संरक्षण भई कारवाही नभएपछि सो प्रकरण अब अदालतमा पुगेको छ ।

सेन्चुरी बैंक र ग्रिन हिल सिटीको मिलेमतोमा एक करोड रुपैयाँ कीर्ते ऋण प्रवाह गरेको देखाई, ऋणीसँग ऋण बापतको साँवा ब्याज समेत असुल गरेको सम्बन्धमा केन्द्रीय बैंकले छानविन गर्न आनाकानी गरेपछि पीडित दीपेन्द्र कँडेलकी पत्नी शान्ता शर्माले उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी हुन् ।

सेन्चुरी बैंकले ग्रिन हिल सिटीसँगको मिलेमतोमा ऋण दिनै नमिल्ने जग्गाको लागि ऋणीसँग बैना बापत एक करोड रुपैयाँ लिई बैंकबाट समेत एक करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सिटिजन्स बैंकको नाममा धितो बन्धक रहेको जग्गामा सेन्चुरी बैंकले ग्रिन हिलसिटीलाई हचुवाको भरमा ऋण दिई दीपेन्द्र कँडेलसँग ऋणबापतको रकम असुल गर्दै आएको थियो ।

पीडित शान्ता शर्माले दुई पटक नेपाल राष्ट्र बैंकमा उजुरी गर्दा समेत सुनुवाई नगरेपछि सो काण्डको छानविनको लागि परमादेश माग गर्दै रिट दायर भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*