स्वाभिमान लघुवित्तको साधारण सभा पुस ८ गते, बुक क्लोज कहिले ?

१५ मंसिर २०७८, बुधबार ११:३३

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको पांचौ वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा वित्तीय संस्थाको केन्द्रिय कार्यालयबाट दिउँसो १ बजे अनलाइन मार्फत बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनश शेयर र १ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल तथा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरण माथि छलफल गरि पारित गर्नेछ । त्यस्तै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पातिर गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले कात्तिक २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*