ओमिक्रोन भेरियन्ट भित्रिन नदिन अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह
१५ मंसिर २०७८, बुधबार १७:१५

काठमाडौं । नेपाल सरकारले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको जोखिमलाई भित्रिन नदिन अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको छ।
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डा. अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको विज्ञप्तीमा उल्लेख छ ।
साथै मन्त्रालयले कोरोना विरुद्धबाट बचाउन मद्धत गर्छ भन्दै नजिकको पायक पर्ने स्थानमा गई खोप लगाउन सबैलाई आग्रह गरेको छ।