एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल, ४८ बैंकलाई पछि पार्दै अग्रस्थानमा

१५ मंसिर २०७८, बुधबार १७:३२

काठमाडौं । एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको हो। आज राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बैंकले यस बिषयमा जानकारी दिएको हो ।

एसियामा रहेका ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबिले नेपालमै पहिलो पटक ’बैंक अफ दि एयर २०२१ एसिया’ को अवार्ड जितेको हो। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्।

बेलायतको राजधानी लण्डनबाट प्रकाशित हुने लोकप्रिय पत्रिका फाइनान्सियल टाइम्सले बैंकलाई उक्त उपाधि दिएको हो । त्यस्तै एनएमबि बैंकले ’बैंक अफ दि एयर २०२१ नेपाल’ को अवार्ड पनि जितेको छ। पछिल्लो ५ बर्षमा एनएमबि बैंकले ’बैंक अफ दि एयर नेपाल’ को अवार्ड चौथो पटक जितेको हो ।

’बैंक अफ द इयर २०२१ एसिया’ उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ ।
बैंकका अध्यक्ष पावल गोल्यानले कार्यक्रममा बोल्दै पाँच वर्षको बीचमा चार पटक बैंक अफ दि इयर नेपाल र नेपालको बैंकहरुमै पहिलो पटक ’बैंक अफ दि इयर २०२१ एसिया’ उपाधि पाउँदा आफुहरु खुसी भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*