नेपाल राष्ट्र बैंकले २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने

१६ मंसिर २०७८, बिहीबार १२:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज २५ अर्बको ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने सूचनामार्फत जानकारी दिएको हो ।

फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ । बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्ने भएको छ ।

बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो । यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ र त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*