१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि हुने

१६ मंसिर २०७८, बिहीबार १२:०६

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा भोलि (मंसिर १७ गते) हुने भएको छ । कम्पनीले सभा बिहान १० बजे दरबारमार्ग काठमाडौं स्थित केन्द्रिय कार्यालयमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ दशमलव ६११ प्रतिशत बोनश शेयर र ३ दशमलव ३८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना संचालकहरु निर्वाचन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*