नेप्सेमा ४९ अंकको गिरावट, सबै उपसूचक राताम्य हुँदा ३ अर्बमा खुम्चियो कारोबार

१६ मंसिर २०७८, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज ४९ अंकले घट्न पुगेको हो ।

आज नेप्से १.८६ प्रतिशतले घटेर २५८४.६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । आज सर्वाधिक निर्जीवन बीमा समूहको २४५ रुपैयाँ र जीबन बीमा समूहको २३० रुपैयाँले घट्न पुगेको छ ।

साथै आज सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा भने सर्किट लागेको छ । त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन १२ करोडमाथिको कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*