नेप्से ४९ अंकले घट्दा आज सर्वाधिक गुमाउने कम्पनी

१६ मंसिर २०७८, बिहीबार १५:२२

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ४९.०४ अकंले घट्दा ३ अर्ब ४१ करोड ३५ लाख माथिको कारोबार भएको छ ।

आज नेप्से ४९ अंकले घटेर २५८४ विन्दुमा कायम भएको छ । सोही अंकले घटेर कारोबार समेत खुम्चिन पुगेको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.८० प्रतिशत, मैलुङ खोला जलविद्युतको ६.७५ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ५.५७ प्रतिशत, यूनाइटेड आइडिआइ मार्दी आरबि हाईड्रोपावरको ५.४१ प्रतिशत, गुडविल फाइनान्सको ५.३९ प्रतिशत, रिलाइबल फाइनान्सको ५.३४ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको ५.०४ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*