वायु प्रदूषणका कारण नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

१६ मंसिर २०७८, बिहीबार १८:०१

भारतको राजधानीस्थित नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। दिल्लीमा वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने वातावरण मन्त्री गोपाल रायले बताएका हुन् ।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल अनिश्चितकालका लागि बन्द गरिएको हो ।
त्यस्तै।, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत आदेश दिईसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*