थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

१६ मंसिर २०७८, बिहीबार १८:०७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ हजार ५११ जनामा पीसीआर परीक्षण गर्दा २९८ जनामा र १ हजार ८९२ जनामा एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा ६जना संक्रमितको मृत्यु भएको छ भने २०१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ४५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*