माछापुच्छ्रे कृति क्यापिटल १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल

१७ मंसिर २०७८, शुक्रबार ०१:३०

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ ।विगत ८ वर्षदेखि कम्पनीले धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रदान गर्दै आएको थियो ।

यसकै कारण हालैलगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको कम्पनीको जनाएको छ ।
यस लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*