सेन्चुरी बैंकको घोटाला छानविन गर्न उच्च अदालतको अन्तरिम आदेश

टोप बहादुर सोती (मनिष)
१६ मंसिर २०७८, बिहीबार १९:१४

काठमाडौं । ग्रिन हिल सिटी र सेन्चुरी बैंकको मिलेमतोमा भएको एक करोड रुपैयाँ कीर्ते कर्जा प्रवाह काण्डको छानविन गर्न नेपाल राष्ट्र बैंकको नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । साथै सर्वोच्च अदालतले सो घोटाला काण्डमा संलग्न सेन्चुरी बैंक र ग्रिन हिल सिटीलाई उपस्थित हुन आदेश दिएको छ ।

ग्रिन हिल सिटीमा घर खरिद गरी हालसम्म पनि घर प्राप्त नगरेकी पीडित शान्ता शर्माका वारेस अधिवक्ता सुमन न्यौपानेले दायर गरेको रिटमाथि सनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधिश नृपध्वज निरौलाको इजलाशले आज नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

यही मंसिर १४ गते दायर गरिएको रिटमा सेन्चुरी बैंकले गैर कानुनी रुपमा ऋण प्रवाह गरेको तथा ऋणीको नाममा ऋण प्रवाह नगरी ठगी गरेकोमा नेपाल राष्ट्र बैंकमा पटक पटक उजुरी दिँदा समेत कुनै सुनुवाई नभएकोले छानविन तथा सो ऋण सम्बन्धी प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरिएको थियो ।

अदालतले अन्तरिम आदेश दिँदै तत्काल सेन्चुरी बैंकलाई प्रक्रिया स्थगित गर्न भनेको छ भने ग्रिनहिल सिटीलाई घर निर्माण सम्बन्धी प्रक्रिया यथास्थितिमा राख्न भनिएको छ ।

उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकलाई समेत छानविन नगर्नुको कारणसहित उपस्थित हुन भनिएको छ । उच्च अदालतको अन्तरिम आदेशपछि सामाजिक अभियान्ता दीपेन्द्र कँडेलले नेपाली बैंकहरुबाट धेरै जनता आफूसँग ठगिएको बताउँदै सेन्चुरी बैंकले गरेको ठगीका विरुद्धको कानुनी लडाई जारी रहने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*