नेपाल इन्भेष्टमेण्ट बैंकको वार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१७ मंसिर २०७८, शुक्रबार ०७:०६

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण आज हुँदैछ । सभा आज बिहान १० बजे दरबारमार्ग, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुने बैंकले जनाएको छ। सभाले १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८ प्रतिशत नगद लाभांश (करसमेत ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफ गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक बर्ष २०७८/ ७९ को लागि लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट चार संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*