भोलि ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै

१६ मंसिर २०७८, बिहीबार २०:०४

काठमाडौं । ‘हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका ब्यक्तिको अधिकार’ मुल नारा सहित नेपाल पनि ३० औं अन्र्तराष्ट्रिय अपाङगता दिवस भोलि अर्थाँत डिसेम्वर ३ मा देशव्यापी रुपमा बनाइदैछ ।

अपाङगत भएका ब्यक्तिको अधिकार प्रबन्र्धन र अवसर समानीकरणप्रति विश्व समुदायको ध्यान आकर्षित गर्ने अपाङ्गता भएका ब्यक्तिहरुप्रति हुने सबै प्रकारका भेदभाव, हिंसा र दुव्र्यवहा बिरुद्ध लड्न सबैलाई प्ररित गर्ने हेतुुले सधैका वर्ष झै यो वर्ष पनि डिसेम्बर ३ मा ३० औं अन्र्तराष्ट्रिय अपाङगता दिवस भोलि मनाउन लागिएको राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

नेपालमा अपाङ्गता भएका ब्यक्तिको जीवनमा परिवर्तन ल्याउने गरि कानुनी नितिगत प्रावधानहरुको कार्यान्वयनको अबस्था निकै कमजोर रहेको पाइएको महासंघले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

राष्ट्रिय अपाङ महासंघ नेपालले संघीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शारीरिक, मानसिक, मानसिक, बौद्धिक र इन्द्रीय सम्बन्धी अवस्थाको आधारमा हुने विभिन्न प्रकारका भेदभाव, दुव्र्यवहार, हिसां तथा मानव निर्मित भौतिक संरचना तथा सूचना तथा संचारमा हुने अवरोधहरुका कारण अपाङ्गता भएका ब्यक्ति सधै मानवअधिकारको समान उपयोगबाट पछाडि पारिएको जनाएको छ । नेपाल सरकारले दिगो विकास लक्ष्यको कार्यान्वयन मार्फत २०३० सम्ममा कसैलाइ पछि पछाडि नपार्ने नो वन लेफ्न विहाईण्ड भन्ने उद्देश्य लिएर अपाङ्गता भएका ब्यक्तिहरु दिगो विकास लक्ष्यमा मुख्य लाभग्राही रहने भने पनि दिगो विकासका लक्ष्यका कार्यक्रममा आजसम्म अपाङ्गता भएका ब्यक्तीलाई समेटन नसकेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङगता भएका ब्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन १९९२ देखि डिसेम्बरकको ३ मा मनाउन थालिएको हो । विश्व बैंक र विश्व स्वास्थ्य संगठनको दाबी अनुसार विश्वको कुल जनसंख्याको १० देखी १५ प्रतिशत मानिस अपाङ रहेका छन् भने नेपाल करिब ३० लाखको हाराहारीमा रहेका छन् । नेपालको २०६८ को जनगणना प्रतिवेदन अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत मात्र अपाङगता भएका ब्यक्ति रहेको भने पनि अन्तर्राष्ट्रिय समुदायले स्वीकारेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*