लुम्बिनी विकास बैंकको साधारण सभा पुष ९ गते, कहिले हुँदैछ बुकक्लोज ?

१७ मंसिर २०७८, शुक्रबार ११:२५

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १४ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सभा पुष ९ गते केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे अनलाईन मार्फत संचालन गर्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ०.६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १३.६८ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै उक्त सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको नाफा, नोक्सान हिसाब सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ । त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा समेत रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) मंसिर २७ गते एक दिन गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*