कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् रिजल्ट

१७ मंसिर २०७८, शुक्रबार ११:३७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैंठकको निर्णय अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षाको नतिजा आज प्रकाशित गरेको हो ।

बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार उक्त परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागि रहेका थिए । सार्वजनिक नतिजामा ७ हजार ६३ जनाले ए प्लस, ४० हजार २३९ जनाले ए, ७० हजार १ जना बी प्लस, ९९ हजार ५५३ जना बी, ७५ हजार ८८ जना सी प्लस, २४ हजार ११५ जना सी, ३ हजार ८७५ जना डी प्लस, २९ हजार ६ जना डी र १० हजार ७३ जना इ ग्रेडमा पास भएका छन् ।

कोभिड १९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखी परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ जना विद्यार्थी सहभागी छन् । उनीहरुको परीक्षा सकिएको १० दिनभित्र नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ ।

 

रिजल्ट हेर्ने तरिका ः

https://neb.ntc.net.np/
उक्त लिंक खोलेर आफ्नो सिम्बल नं. राखी रिजल्ट हेर्न सकिनेछ ।
साथै एनसेल र एनटिसीको सिमबाट पनि NEB टाइप गरेर एक स्पेस दिई सिम्बोल नं. टाइप गरी १६०० मा  पठाएर पनि रिजल्ट हेर्न सकिनेछ । साथै टेलिफोनबाट पनि १६०१ डायल गरी नतिजा थापा पाउन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*