सुन तोलामा २ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
१७ मंसिर २०७८, शुक्रबार १२:०३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोबार भइरहेको थियो ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।