एभरेष्ट बैंकका ग्राहकले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने

१७ मंसिर २०७८, शुक्रबार १३:५२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले हेल्थ केयर मार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् । आइएसओएन विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरुसँग सहकार्य रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*