नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन

१७ मंसिर २०७८, शुक्रबार १६:१४

काठमाडौं ।  नेप्सेमा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता ५८३ रुपैयाँ भएको बैंकको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०३.८६ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी सबैको लघुवित्तको पनि ३१.०५ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १५०४.०१ रुपैयाँ कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*