सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कमा बिशष छुट पाउने

१७ मंसिर २०७८, शुक्रबार १६:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष सुविधा सम्बन्भी सम्झौता भएको छ । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापश्चात् बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*