सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त

१७ मंसिर २०७८, शुक्रबार १६:२७

काठमाडौं । सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सिद्धार्थ क्यापिटल कम्पनीको सेयर रजिष्ट्रेशनमा नियुक्त भएसँगै रजिष्ट्रार सम्बन्धित सम्पूर्ण काम गर्ने भएको छ ।

यससँगै, अब बुद्धभुमी हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु काठमाडौंको नारायणचौरस्थित सिद्धार्थ क्यापिटल मार्फत हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*