बीमा समितिले विद्यार्थी लक्षित निबन्ध प्रतियोगिता गर्ने, क–कसले पाउछन् भाग लिन ?

१८ मंसिर २०७८, शनिबार १५:०६

काठमाडौं । बीमा समितिले बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता गर्न लागेको छ ।

समितिले एक सूचना जारी गर्दै बीमा सम्बन्धी जनचेतना अभिबृद्धिका लागि ‘बीमाको महत्व’ शीर्षकमा विद्यालयस्तरीय र ‘जोखिम व्यवस्थापनमा बीमा भूमिका’ शीर्षकमा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता गर्न लागिएको जनाएको हो ।

समितिका अनुसार विद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा ५ देखि कक्षा १२ मा अध्ययनरत तथा कक्षा १२ को परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरुले ‘बीमाको महत्व’ शीर्षकमा कम्तीमा २ हजार शब्दको निबन्ध र विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिताको लागि कक्षा १२ भन्दा माथिको कक्षामा अध्ययनरत तथा परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरुले ‘जोखिम व्यवस्थापनमा लागि बीमाको भूमिका’ शीर्षकमा कम्तीमा ३ हजार शब्दको निबन्ध लेखी ३ महिनाभित्र समितिमा उपलब्ध गराउनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*