कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देल बिजयी

१९ मंसिर २०७८, आईतवार ०७:४४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लामो समय अध्यक्ष बनेका कमल थापालाई आश्चर्यजनक रुपमा पराजित गर्दै अध्यक्ष पदमा राजेन्द्र लिङ्देल बिजयी भएका छन ।

केहीबेर अघि सम्पन्न भएको मत गणनामा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कमल थापाले हिजो राति अबेर सम्पन्न भएको निर्वाचनमा आफ्नो हार स्वीकार गर्दै अध्यक्षमा बिजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् ।

२०४५ सालदेखि पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री बनेका निर्वाचनमा पराजित भएपछि सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*