सबैको लघुवित्तको पाँचौ साधारण सभा पुष ३ गते, यस्ता छन् एजेण्डा

१९ मंसिर २०७८, आईतवार ०९:४१

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको बैठकले सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर,तनहुँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २० करोड ६० लाख रुपैयाँबाट ३१.०५ प्रतिशत बोनस शेयर र १.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ३२.६७ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने विषयलाई अनुमोदन गरी पारित गर्ने, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७८ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थाको संचालक समितमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गते नै बुकक्लोज गरिसकेको छ । जसअनुसार मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*