सनराइज बैंकको साधारण सभा पुस १५ गते, बुक क्लोज कहिले ?

१९ मंसिर २०७८, आईतवार १०:५२

काठमाडौं । सनराइज बैंक लिमिटेडको १४ औं बार्षिक साधारण सभा पुस १५ गतेका लागि बोलाएको छ । सभा अम्रपाली ब्याङक्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुुनाफाबाट शेयरधनीहरुलाई ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने भएकाले पुस २ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*