साताको पहिलो दिन सुन तोलामा ७ सयले बढ्यो, प्रतितोला कति ?

१९ मंसिर २०७८, आईतवार ११:१८

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*