भिजन सेक्यूरिटिजको भैरहवामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

१९ मंसिर २०७८, आईतवार ११:५६

काठमाडौं । भिजन सेक्यूरिटिज प्रा लिको आयोजना भैरहवामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।१ सय ५० जना भन्दा बढि लगानीकर्ताहरु उपस्थित भएको कार्यक्रममा नेपाल पुँजीबजार लगानीकर्ता संघका लुम्बिनी प्रदेश संयोजक माधव पाण्डे, सहसंयोजक सुर्य पाण्डेको समेत उपस्थिती थियो । प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी थिए भने कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका उप निर्देशक रुपेश केसीले गरेका थिए ।

पुँजीबजारमा अहिले भित्रियका लाखौँ नयाँ लगानीकर्ताहरुमा सचेतना जगाउने र पुँजी बजारका बारेमा ज्ञान अभिबृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको भिजन सेक्यूरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले बताए ।

काठमांडौ उपत्यका बाहिर पनि यसरी लगानीकर्ताहरुलाई सचेत गराउने उदेश्यले आयोजना गरिने यस्ता कार्यक्रमहरुले लगानीकर्ताहरुको क्षमता अभिबृद्धि र पुँजीबजारको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्न आगामी दिनमा समेत यस्ता कार्यक्रम सक्रिय रुपमा अघि बढाउँदै लान प्रतिवद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*