३० प्रतिशत लाभांश पारित गर्न सर्पोट लघुवित्तको साधारण सभा पुष १० मा, कहिले हुँदैछ बुकक्लोज ?

१९ मंसिर २०७८, आईतवार १२:०७

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले सभा पुष १० गते बगान फेमिलि रेष्टुरेन्ट एण्ड लन्ज बार प्रा.लि. इटहरी सुनसरीमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको गत आवको मुनाफाबाट कायम चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँबाट ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ३१ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले अन्य वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पेश गर्ने, संचालको भत्ता लगायतका सुधिवा तथा वैदेशिक भ्रमण भत्ता संशोधन गर्न प्रस्ताव पेश गर्ने र हाल कायम रहेको चुक्तापूँजी बृद्धि गरी ८ करोड ५८ लाख पु¥याउने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, सोही आवको नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने एक जना संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र संचालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*