सान्जेन जलविद्युत कम्पनीको साधारण सभा पुष १३ गते, के–के छन् एजेण्डा ?

१९ मंसिर २०७८, आईतवार १३:१५

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले सभा पुष १३ गते स्मार्ट क्याफे, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७८।०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज (बुकक्लोज) पुष ५ गतेदेखि पुष १३ गतेसम्म गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*