नेशनल हाइड्रोपावरको खुद नाफामा उछाल, इपिएस कति ?

१९ मंसिर २०७८, आईतवार १४:५१

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा छलाङ मारेको छ ।

गत आवको सोही अवधिमा २ करोड ३७ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिमा ९५ प्रतिशतले बृद्धि भएर ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले तल्लो इन्द्रावतीको लाइसेन्स पाएपछि खुद नाफा राईटब्याक हुन पुगेको हो ।

साथै कम्पनीको चालु आवको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट हुने आम्दानी भने घट्न पुगेको छ । गत आवको यसै अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ६ करोड ६४ लाख १४ हजार रुपैयाँ कमाएकोमा यस अवधिमा १ करोड ३५ लाख ७६ हजार रुपैयाँ मात्र आर्जन गर्न सफल भएको छ ।

कम्पनीको हाल कायम चुक्तापूँजी १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा २३ करोड २२ लाख ३८ हजार रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीले तल्लो इन्द्रावतीको लाइसेन्स पाइसकेको छ ।

नेशनल हाइड्रोले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणमा ६१ करोडभन्दा बढी राइटब्याक गरेको कारण ठूलो मात्रामा मुनाफा देखिएको छ । उक्त नाफा चालु आवको अन्त्यसम्म रहेमा आगामी आर्थिक वर्षमा शेयरधनीहरुले राम्रै लाभांश पाउने देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*