नेप्से ७२ अंकले घट्दा ४ अर्बमा खुम्चियो कारोबार, सबै उपसूचक राताम्य

१९ मंसिर २०७८, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा भारी गिरावट आएको छ । शेयर बजार खुलेको केही समयसम्म नेप्से सामान्य अंकले घटेतापनि मार्केट बन्द हुनेसमयसम्म ७२.३० अंकले घटेर २५१३.८९ विन्दु कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२४ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक प्रतिशतका आधारमा ४.५४ प्रतिशतले फाइनान्स उपसूचक घटेको छ भने रुपैयाँका आधारमा ३७२ रुपैयाँले जीवन बीमा समूह घटेको छ ।

साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोापावर रहेको छ । कम्पनीको आज एकैदिन २८ करोड ६२ लाख ८४ हजार २५५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*