नेप्सेमा भारी गिरावट आउँदा आज सर्वाधिक गुमाउने कम्पनी

१९ मंसिर २०७८, आईतवार १५:२२

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच भएको छ । आइतबार नेप्से ७२.३० अकंले घट्दा ४ अर्ब ९ करोड ७ लाख माथिको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ७२ अंकले घट्दा सर्वाधिक गुमाउने कम्पनीमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीको आज अघिल्लो कारोबार दिनको तुलनामा ८.३२ प्रतिशत अंकले घटेको हो ।

त्यस्तै, सबैको लघुवित्तको ८.१७ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ६.८९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ६.२५ प्रतिशत, पन्चकन्या माई हाइड्रोपावरको ६.२२ प्रतिशत र मुक्तिनाथ विकास बैंकको ६.१९ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*