लुम्बिनी विकास बैंकको एकैदिन ५ नयाँ शाखा बिस्तार, ७७ पुग्यो कुल शाखा ?

१९ मंसिर २०७८, आईतवार १६:३७

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले थप ५ शाखा बिस्तार गरेको छ । बैंकले विभिन्न ठाउँहरुमा एकै दिन ५ शाखाको शुभारम्भ गरेको हो । बैंकले काठमाडौं महानगरपालिका वडा ६ नयाँबानेश्वर चोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मणिग्राम, नवलपरासीको बर्दघाट नगरपालिका वडा न ४ बर्दघाट, दाङको घोराही उपमहानगरपालिका वडा न १५ बीपीचोक र बाँकेको कोहलपुर नगरपालिका वडा ११ साझाचोकमा शाखा संचालनमा ल्याएको हो ।

साथै उक्त शाखाहरुको उद्घाटन नयाँ बानेश्वरको बैंकका संचालकहरु चिन्तामणि भट्टराई र अन्जु कुमारी गुप्ता, बर्दघाट शाखाको बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडल र बैंकका संचालक केशव खतिवडा, मणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेप घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, घोराही शाखाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र कोहलपुर शाखाको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावल र बैंकका संचालक समितिका अध्यक्ष दसरथ रिसालले संयुक्त रुपमा गरेका हुन ।

बैंकले एकै दिन थप ५ शाखा कार्यालयको शुभारम्भ गरेसँगै हाल ३० वटा जिल्लामा ७७ वटा शाखा र १७ वटा एटीएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*