प्रभु बैंकमा गायक प्रकाश सपुत थप अवधिका लागि ब्रान्ड एम्बास्डरमा निरन्तरता

१९ मंसिर २०७८, आईतवार १७:५७

काठमाडौं । गायक प्रकाश सपुतलाई प्रभु बैंक लिमिटेडले थप अवधिका लागि आफ्नो ब्रान्ड एम्बास्डरमा निरन्तरता दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा गायक तथा कलाकार सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिनेसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंकले गत वर्षदेखि नै सपुतलाई आफ्नो ब्रान्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंक ब्रान्ड एम्बास्डरमा निरन्तरता दिने भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*