नबिल बैंकको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१९ मंसिर २०७८, आईतवार १८:२७

काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि सम्झदारीपत्रमा हस्ताक्षर समेत गरेको छ। पलाँता गाउँपालिकामा नबिल बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका तर्फबाट अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत संचालन गर्ने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*