गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने अवधि लम्बियो, कहिलेसम्म दिन पाईन्छ ?

२० मंसिर २०७८, सोमबार ०९:४४

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

उक्त ऋणपत्रमा यसअघि २० गतेसम्म आवेदन दिने अवधि रहेकोमा तोकिएको अविधिभित्र सम्पूर्ण ऋणपत्रको लागि आवेदन नपरेकोमा म्याद थपेर अब पुष १ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट निष्काशन गरिनेछ । आवेदकले उक्त ऋणपत्रमा न्यूतम २५ कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*