महुली लघुवित्तको २६ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति

२० मंसिर २०७८, सोमबार १०:२५

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । कम्पनीको संचालक समितिले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीले कुल चुक्तापूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँबाट २६ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेकोमा राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधराण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*