नेरुडे लघुवित्तको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

२० मंसिर २०७८, सोमबार १०:५७

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने आज (मंसिर २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ । आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर माग गरी बोलकबोेल गर्नु पर्ने छ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात सहित आज (मंसिर २० गते) सम्म कम्पनीको शेयर बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिलमा आवेदन दिनुपर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*