एचआइडिसिएलको दशौं साधारण सभा पुष २२ गते, कहिले हुँदैछ बुकक्लोज ?

२० मंसिर २०७८, सोमबार ११:२०

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी लिमिटेडले साधारण सभा तथा बुकक्लोको मिति तय गरेको छ ।
कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले १० औं सभा पुष २२ गते बिहिबार कम्पनीको कार्यालय हात्तीसार, काठमाडौंमा अभौतिक रुपमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.४१ प्रतिशत लाभांश पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ५ गते एक दिन शेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*