कुमारी बैंकद्धारा फोनलोन इएमआई सेवा सुरु

२० मंसिर २०७८, सोमबार १२:२९

काठमाडौं । कुमारी बैंकले नेपाल मै पहिलो पटक फोनलोन कर्जामा थप सुविधा प्रदान गर्न इएमआई भुक्तानी सेवा सुरु गरेको छ । बैंकले एफवान सफ्ट प्राइभेट लिमिटेडको सहकार्यमा फोनलोन इएमआई सुविधाको शुभारम्भ गरेको हो ।

बैंकमा तलब खाता भएका ग्राहकहरुले न्यूनतम १ हजार देखि अधिकतम २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कुनै धितो वा कागजी प्रक्रिया बिना नै फोनलोन सुविधा लिन सक्नेछन् । आफ्नो सेवा डिजीटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्न बैंकले उक्त सेवा संचालनमा ल्याएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*