मेगा बैंकको २०३ औं शाखा विस्तार

२० मंसिर २०७८, सोमबार १४:४२

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो ।

उक्त शाखा विस्तारसँगै बैंकको २०३ शाखा पुगेको छ । मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*