नेप्से ३२ अंकले बढ्दा कारोबार ४ अर्बमै सीमित, विकास बैंकको सर्वाधिक बृद्धि

२० मंसिर २०७८, सोमबार १५:२४

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनको अन्तरालपछि नेप्से परिसूचक हरियो रङमा परिणत भएको हो ।

शेयर बजार खुलेको केही समयसम्म उच्च अकले गिरावट आएतापनि बजार बन्द हुने समयसम्म नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।

साथै आज नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । सर्वाधिक प्रतिशत र रुपैयाँका आधारमा विकास बैंक समूहमा ३.४५ प्रतिशत र १५७ रुपैयाँले बृद्धि भएको हो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, मेरो मााइक्रोफाइनान्स लघुवित्त र एक्सल डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*