नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

२०७६ मंसिर १९ गतेसम्म व्यतित भएका सबै प्रकारका बीमालेख नविकरण हुने
२० मंसिर २०७८, सोमबार २१:३१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कारणले समयमा बीमा शुल्क भुक्तानी गर्न नसकेका निम्न तथा मध्यम बर्गीय बीमितलाई लक्षित गरी यस्तो योजना ल्याएको हो । उक्त योजना अन्तर्गत २०७६ सालसम्म व्यतित भएका सबै प्रकारका बीमालेखहरु नविकरण हुनेछन् ।

बीमा शुल्क नियमित भुक्तानी गर्न नसकी अल्झिएका बीमालेखलाई व्यतित बीमालेख भनिन्छ । बीमा शुल्क नियमित भुक्तानी गर्न नसकेको अवस्थामा त्यस्तो बीमितको जोखिम वहन हुँदैन । कम्पनीले विभिन्न कारणले व्यतित भएका बीमालेखलाई छुट अफर ल्याएपछि अप्ठेरोमा परेका अभिकर्ताहरुले नविकरण गरी लाभ लिन सक्ने भएका छन् ।

कम्पनीले आज मंसिर २० गतेदेखि यस्तो छुट सुविधा सुरु गरिएको जनाएको छ । आगामी माघ मसान्तसम्म सञ्चालन हुने उक्त छुट सुविधामा अर्बौ रुपैयाँ बीमा शुल्क संकलन हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

हिजो जारी सर्कुलरका अनुसार अधिकम् ३० हजार रुपैयाँ वा कूल ब्याजका ३५ प्रतिशत रकम छुट दिइने कम्पनीले जनाएको छ । यस्तो सुविधासँगै व्यतित भएका बीमालेख पुनतार्जगी गर्ने अवसरका कारण हजारौं बीमितहरु बीमा सेवाबाट रक्षावरण हुने देखिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो । सो कम्पनीमा करिब १५ लाख बीमित आबद्ध भएका छन् भने करिब सवा खर्ब भन्दा ठूलो जीवन बीमा कोष खडा गरिसकेकोछ ।

2 thoughts on “नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

  1. Dinesh maharjan says:

    6l6 month ko tirna vhanar.
    2019 10 07 ma ( 6 month ko 18098 tirako).
    Taspachi aajako din samma tirako chhaena kati tirnu parla sir

  2. Madhab Acharya says:

    एक पटक ब्याज छुट दिइसकेकालाइ नदिनु भनेको केबल ल्याउनका लागाी मात्र ल्याइएको मात्र हो
    किनकि यसले सोचे जति रकम उठ्न सक्दैन

Leave a Reply to Madhab Acharya Cancel reply

Your email address will not be published. Required fields are marked *


*