नेपाल बैंकको शेयरमूल्य समायोजन

२१ मंसिर २०७८, मंगलवार ०९:४३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम ४३१ रुपैयाँ ७० पैसाका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य नेप्सेले ३७८ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*