प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

२१ मंसिर २०७८, मंगलवार १०:१५

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य व्यक्तिहरुलाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*