मनकामना स्मार्ट लघुवित्तको लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति, कति दिदैछ बोनस ?

२१ मंसिर २०७८, मंगलवार १०:२४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजी १२ करोड ११ दाख ५० हजार रुपैयाँको १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार बोनस शेयर वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*