५० प्रतिशत लाभांश पारितका लागि महिला लघुवित्तको साधारण सभा भोलि बस्ने

२१ मंसिर २०७८, मंगलवार ११:३३

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा भोलि (मंसिर २२ गते) बस्ने भएको छ । कम्पनीले सभा हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर १६ गते नै एक दिन बुक क्लोज गरिसकेको छ । जसअनुसार मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिई कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*